बैतडी : ४ सय ९३ जनाले कैलालीको धनगढीमा पाइने आँखा उपचार सेवा बैतडीमै पाएका छन। जिल्लाको पाटनमा सम्पन्न दुई दिने आँखा शिविरबाट ४ सय ९३ जनाले सेवा लिएका छन्।
आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको आँखा शिविरबाट सो संख्याका आँखाका बिरामीले सेवा लिएका हुन्। ती मध्ये १ सय १२ जना आँखाका बिरामीहरुको मोतिबिन्दुको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका निर्देशक डा। सुरेश पन्तले जानकारी दिए।
शल्यक्रिया गरिएका आँखाका बिरामीहरुको मंगलबार पट्टी खोलेर आवश्यक सल्लाहगरी घर पठाइने छ। यसअघि जिल्लाको दोगडाकेदार गाउँपालिकामा सम्पन्न शिविरबाट ४ सय ४८ जनाले सेवा लिएका थिए । ती मध्ये ९२ जनाको शल्यक्रिया गरिएको थियो।