परशुराम नगरको टोली दुर्गम वस्ती बसौंटीमा, गाउँमा शिहदरवार पुगेको आभाष

बैतडी: बिहीबार डडेल्धुराको परशुराम नगरपालिकाको टोली दुर्गम वस्ती वडा नं. २ को सदरमुकाम बसौंटी पुग्यो। नगरकार्यपालिकाको निर्णय अनुसार आर्थिक बर्ष २०८१/०८२ मा उपभोक्ता समिति मार्फत सम्मन्न हुने र गरिने योजनाहरुको सम्झौता गर्न टोली वसौटी पुगेको हो। नगर-प्रमुख भरत वडायर जोशी,उप-प्रमुख बिमला कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट सहित कार्यपालिका अधिक सदस्यहरु यहाँ पुग्दा नागरिकमा खुसि त छायो नै।

नगरपालिकाले वडा मै योजना सम्झौताको उदेश्य राखेको भए पनि बसौंटीमा नगरका पुरै टिम पुग्नुले जनतामा आस पलाएको छ। बैंक खाता खोल्न र दैनिक उपाभोग्य सामान समेत खरिदका लागि एक दिनको वास वसि जोगबुडा धाउनु पर्ने यहाँका स्थानीयको मुहारमा खुसि देखिएको छ। साना तिना उपभोक्ता समिति मार्फत सम्पन्न गर्नु पर्ने योजना सम्झौता गर्न आफुहरु जोगबुडा धाउनु पर्ने बाध्यता टरेको स्थानिय अगुवा राज वहादुर वोहराको भनाइ छ।

बैंक खाता पनि वडामा खोलिएको छ, हाकिम सापले भुक्तानी पनि वडामा हुन्छ भन्नू भएको छ। बोहराले थपे झण्डै १ दिनको यात्रा गरि हामी अस्पताल जान्छौं। यो पाली वाट वडामा सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको मेयरसापले भन्नू भएको छ , नीति तथा कार्यक्रममा समेत समेटिएकोमा स्वागत योग्य रहेको उनले थपे। सोहि अवसरमा वडा।न।२ मा मेयर-केयर कार्यक्रम समेत सम्पन्न भएको छ।

स्वास्थ्य साखा परशुरामको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को स्वकृत कार्यक्रम अन्तरगत विशेषज्ञ डाक्टर सहितको टोलीद्वारा नागरिकको स्वास्थ्य परिक्षण, गरि अवस्था हेरि चेकजाँच र परामर्ष दिइएको साखा प्रमुख हिक्मत वहादुर धामीले वताए। शिक्षा समिति समेतको उपस्थितिमा विद्यार्थी स्वास्थ्य प्रोफाइल र विद्यालय अनुगमन गरिएको छ, भने शैक्षिक गुणस्तर सुधारका विषयमा अभिवाबक, शिक्षक र विद्यार्थीहरु विच अन्तरक्रिया गरिएको छ। शिक्षा समिति संयोजक देववहादुर वोहराको भनाइ छ।

कार्यक्रम वडा नं. २ का अध्यक्ष रमेश वहादुर वोहराको अध्यक्षता तथा नगर-प्रमुख जोशीको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको थियो भने नगरपालिकाको सयुक्त टोलीले सडक, सञ्चार, विधुत, खानेपानी, वेरोजगार , शिक्षा र स्वास्थ्यको अवस्थाका वारेमा अध्ययन गरेका छौं। आर्थिक वर्ष २०८२/०८३ मा वडा र अन्य नगरपालिकाका दुर्गम वस्ति लक्षित नीति तथा कार्यक्रम ल्याइने र वजेटको दायरा पनि प्राथमिकतामा राखिने मेयर जोशी र उप-मेयर विमला कुमारी वोहरा महताले वाताउनुभयो।

उक्त कार्यक्रम सबै वडामा सञ्चालन गरिने नगर-प्रवक्ता खगेन्द्र सिहले जानकारी दिनु भएको छ।

Leave A Reply

Your email address will not be published.