बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाँउका समाजसेवी मदन सिह बिष्टले दोस्रो चरणमा निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम सञ्चालन गर्ने भएका छन। हाल रोजगारको शिलशिलामा कोरीयामा रहेका बिष्टले आफ्नो गाउँ कोटिगाँउको हरडादेखी खोरडासम्म प्रत्येक घरमा निःशुल्क स्वास्थ्य चेकजाँच अभियान सञ्चालन गर्ने जानकारी दिएका छन।
प्रत्येक ६/६ महिनामा निुःशुल्क स्वास्थ्य चेकजाँच गर्ने प्रतिवद्धता गरेका बिष्टले पहिलो चरणको कार्यक्रम गत बैसाखमा सञ्चालन गरेका थिए। सोहि प्रतिवद्धता अनुसार यहि पुष १३ गतेबाट फेरी दोस्रो चरणको स्वास्थ्य चेकजाँच कार्यक्रम सञ्चालन गर्ने बताएका छन।
प्रत्येक शनिवार घरमा निुःशुल्क स्वास्थ्यक्रर्मी पठाई बिपि चेक, सुगर चेक लगायत स्वास्थ्य चेकजाँच लगायत आवश्यक औषधी वितरण गर्ने बताएका छन। शनिवारका दिन बिदा हुने भएकाले प्रत्येक नागरीकको घरमा गई स्वास्थ्य चेकजाँच गरिने जनाईएको छ।
“स्वास्थ्य नै धन हो” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै निःशुल्क स्वास्थ्य चेकजाँच, परामर्श तथा औषधी वितरण गरिने बताउनुभयो। घरदैलोमा पुगेर स्वास्थ्य चेकजाँचको जिम्मा आधारभुत स्वास्थ्य केन्द्र मेलौली-८ का प्रमुख दिपक प्रसाद बाग र स्वास्थ्यक्रर्मी साबित्रा दयाललाई दिईएको छ।
समाजसेवी बिष्टले गाउँमा थुप्रै सामाजीक कार्य गरिसकेका छन।