नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले हजारौं वर्षअघिका कला, संस्कृति र सभ्यता नेपालको पहिचान भएको बताउनुभयो। उहाँले नेपाल संस्कृति, सभ्यताको देश भएको बताउनुभयो। उहाँले नेपालका गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले संस्कृति, चाड र परम्परालाई जीवित राख्नुपर्ने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.