साउदीबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ।
४४ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो।
परीक्षणको क्रममा उन्मा सङ्क्रमण देखिएका हो। गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको थियो। उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए।
मंकीपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गरेको छ।
रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्कबाट सर्ने गर्छ। सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने चिकित्सकको भनाइ छ। चिकित्सकहरुले यो रोगबाट सावधानि अपनाउन आग्रह पनि गरेकाछन्।