इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरू

इस्वी संवतको नयाँ वर्ष शुरू भएको छ। सन् २०२४ लाई बिदाइ गर्दै सन् २०२५ शुरू भएको हो।

येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। इस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि कार्यक्रम भइरहेका छन्।

विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन्। हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए।

Leave A Reply

Your email address will not be published.