आज सुदूरपश्चिम सहितका स्थानमा आंशिकदेखि साधारणतया बदली

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.