अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । एमसीसीले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता रकम प्रदान गर्ने भएको हो।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गएको २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब रुपैयाँ बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ। यो थप सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै कम्प्याक्टु को सफलता सुनिश्चित गर्न योगदान पुग्ने एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले विश्वास व्यक्त गर्नुभएको छ।
एमसीसी परियोजनाअन्तर्गत ४ सय केभीको डबल सर्किट ३ सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ। काठमाण्डौको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेशन तथा मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ। प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच ३ हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ।