आज सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। उपत्यकालगायत पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहानको समयमा तराईका साथै उपत्यकामा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.