आज थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली भएको छ। काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली छ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज बेलुका हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पानी पार्ने प्रणाली ठूलो नभएकाले धेरै प्रभाव नदेखिने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। उहाँका अनुसार तराईका केही ठाउँमा अहिले हुस्सुरकुहिरो लागेको भएपनि दिउँसो हट्दै जानेछ। अन्य भागमा आजको मौसम मुख्यतया सफा रहने अनुमान छ।

Leave A Reply

Your email address will not be published.