नेपाली कांग्रेसले नेकपा एमालेसँग मिलेर बनेको अहिलेको सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ ।
कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यप्रगति विवरण सुनेपछि सभापति शेरबहादुर देउवासहितका नेताहरूले कामलाई तीव्रता दिनुपर्ने तर अहिले नै सरकारमा समस्या आयो भन्न नहुने निष्कर्ष निकालेका हुन् ।
कार्यप्रगति विवरणका बारेमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता रमेश लेखकले कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरू नरहेको जिकिर गर्नुभयो । उहाँले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरू अझ कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भएको बताउनुभयो ।
एमाले र कांग्रेसको बीचमा बनेको ७ बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढङ्गबाट नागरिकमा सेवा पुर्याउने भन्ने विषयमा छलफल भएको गृहमन्त्री लेखकले बताउनुभयो ।