नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने निलम्बनमा परेका छन्।सन्दीपलाई अनुशासनको कारवाही स्वरूप एक खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको हो ।
गत साता मधेसमा सम्पन्न जय ट्रफी एलिट कपका बेला सन्दीपले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको र सोही विषयमा उनलाई कारवाही स्वरूप निलम्बन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो।
लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ । खेलाडीसँगको सम्झौताको २।७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले सन्दीपलाई एक खेलका लागि निलम्बन गरिएको क्यानले जनाएको छ।
सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन्। सन्दीप पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छन्।