कंचनपुरमा प्रहरी जवानले आफैले आफैलाई गाेली हान्दा गम्भीर घाईते

सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंले आफैंलाई हतियार प्रहार गरि घाइते भएका छन्।

बुधबार बेलुका साढे ८ बजेतिर ड्युटीमा रहेका उनले आफैंले राइफलको गोली हान्दा गम्भीर घाइते भएका हुन् । उनी हातहतियार राखिने स्थानमा ड्युटीमा रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर जवान बिष्ट गम्भिर बनेका छन् भने उनले एसएलआर राइफलबाट गोली चलाएको खुलेको छ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी पनि पुगेका छन्। उनले घटनाकाे अनुसन्धान भइरहेको बताए। घटनापछि तत्काल घाइते जवान बिष्टलाई उपचारका लागि महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए।

Leave A Reply

Your email address will not be published.