अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी हुनुभएको छ। निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो । सापकोटाले छ सय ८६ र राईले छ सय १५ मत ल्याउनुभएको हो।

सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकट र राई उपमहासचिव जनार्दन शर्मा निकटका मानिनुहुन्छ।

उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार,अभिमन्यु यादव र उमेश कंडेल तथा महासचिवमा रोशन थापा मगर र फूलमाया रानामगर निर्वाचित हुनुभएको छ ।

Leave A Reply

Your email address will not be published.