नेकपा एमाले बैतडीको बिज्ञप्ति प्रति शिवनाथ गाउंपालिका उपाध्यक्ष चन्दको भत्र्सना

मेलौली न्यूज
फागुन २५ बुधबार,२०७८

बैतडी -नेकपा एमाले जिल्ला कमिटि बैतडीका सदस्य तथा शिवनाथ गाउंपालिका कि उपाध्यक्ष कुश्मा चन्दले नेकपा एमाले जिल्ला कमिटि बैतडीले सार्वजनिक गरेको प्रेश बिज्ञप्ति प्रर्ति घोर भत्र्सना गरेकी छन ।

बुधबार शिवनाथ गाउंपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो बताएकि हुन। पार्टिले मंगलबार चन्द लाई साधारण सदस्य समेत नरहने गरि कारबाहि गरेको बिज्ञप्ति मार्फत जानकारि गराएकोमा चन्दले बिज्ञप्तिमा भएका सबै कुरा झुटा भएको बताएकि हुन। नेकपा एमालेका अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र बहादुर कार्कि द्धारा जारि बिज्ञप्तिमा चन्दले लेबि शुल्क न बुझाएको, पार्टिको निर्देशन बमोजिम पदिय आचरण र भुमिका निर्बाह नगर्ने ,बेवास्त गर्ने, पार्टिका गतिबिधिमा सहभागी नहुने ,राष्ट्रीय सभा निर्वाचनमा पार्टि बिरोधी उमेदवार लाई मतदान गरेको लगाएत गतिबिधिका कारण कारबाहि गरेको उल्लेख छ ।

यस बिषयमा आफनो ध्यानाकर्षण भएको बताउंदै चन्दले पार्टिले आफु लाई पटक–पटक दुःख दिने काम गरेको बताईन । म आफु जनप्रतिनिधि भए पछि सबैको साझा ब्यक्ती भएकाले कसै लाई राजनैतिक पुर्बाग्रह नगर्ने भएकाले पार्टिले यस्ता कुरामा दवाव दिने गरेको तर आफुले पार्टि बिरुद्ध कुनै गलत काम नगरेको उनको भनाई थियो। यदि कसैले पार्टि बिरुद्ध यस्ता गतिबिधि गरेको प्रमाण ल्याउंछ, भने सहर्ष स्वीकार्ने उनले बताउनुभयो।

चन्द बि.स. २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमाले बाट शिवनाथ गाउंपालिकामा उपाध्यक्ष पद बाट निर्बाचित भएकि थिईन ।पार्टिले कारबाहि गरेपछि अब तपाई कुन पार्टिमा प्रबेश गर्नु हुन्छ रु भन्ने पत्रकारको प्रश्नमा उनले हाल सम्म कुनै निर्णय नभएकोले यसका बारे अहिल्यै भन्न नसकिने बताईन।

जिल्ला कमिटिको बिज्ञप्ति बिरुद्ध चन्दले बिक्षप्ति जारि गरेकी छन ।

बिज्ञप्ति

Leave A Reply

Your email address will not be published.