बैतडी: बैतडीको मेलौली नगरपालिका वडा नं २ स्थित श्री शुदर्शन माध्यमिक विद्यालय लिखोडाका ६५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सिंह भाटको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोह कार्यक्रममा नेपाल तरुण दल बैतडीका अध्यक्ष तथा कपडा बैंक शाहिलेकका संयोजक महेश दत्त भट्ट प्रमुख अतिथी रहेका थिए।
उक्त कार्यक्रममा मेलौली नगरपालिका वडा .न २ का अध्यक्ष कृष्ण दत्त भट्ट, केददारेश्वर माविका पुर्व प्रधानाध्यापक लक्ष्मण बाग, शिव बंकर आवि पेल्याका प्रअ नाराण सिंह पुजारा विशिष्ट अतिथी रहेका थिए।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै विद्यार्थीहरुले आफुमा रहेको कलाको प्रस्तुती गरि सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रमको आयोजना गरेको थियो। वार्षिक प्रतिवेदन विद्यालयका प्राधनाध्यापक सुरत बहादुर चन्दले प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा जनप्रतिनिधी विभिन्न विद्यालयका प्रधानाध्यापक,विद्यालयका संस्थापकहरु, चन्दादाताहरु, पुर्व शिक्षक तथा कर्मचारीहरु, अभिभावकहरु, पुर्व विद्यार्थीहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो। विद्यालय कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखेका थिए ।
साथै बिद्यालयले छनौट गरेका १५ जना अति बिपन्न विद्यार्थीहरुलाई न्योनो काम्बल समेत बितरण गरिएको कपडा बैंक शाहिलेक बैतडीका सयोजक महेश भट्टले बताउनुभयो ।