बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार बेलूकी घरबाट कार्यालय गइरहेका बेला बारिलमै भिरबाट लडेर गम्भिर घाइते भएका थिए।
तत्काल उनलाई गोकुलेश्वर अस्पताल लगिएपनी डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए।