बैतडी : पञ्चेश्वर गाउँपालिका–१ मा विद्यालयस्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ। हरेक वर्ष सञ्चालन गरिदै आएको हाजिरजवाफ प्रतियोगिता यो वर्ष पनि सञ्चालन गरिएको वडाध्यक्ष देवानराम सार्कीले जानकारी दिनुभयो।
विद्यार्थिहरुको शैक्षिक स्तर बृद्धि होस भन्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको वडाध्यक्ष सार्कीले बताउनुभयो । प्रतियोगितामा वडाका ६ ओटै विद्यालय सहभागि भएका थिए।
वडाका ६ वटै विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगिताको मुल्यांकन कुलाउँ माविका शिक्षक गंगादत्त तिवारीले गरेका थिए। प्रतियोगितामा कक्षा १ देखी ५ सम्म नागर्जुन अधारभुत विद्यालय पालडी, कक्षा ६, ७ र ८ सम्म चतुरबाहु अधारभुत विद्यालय र कक्ष ९, १० सम्मकोमा डुग्रीखानले जित हासिल गरेको जनाईएको छ।