बैतडी-बैतडीको पाटन नगरपालिकाले तीन पाङग्रे सवारी साधन नगरपालिकामा अनिबार्य दर्ता गर्न भनेको छ ।
आज एक सुचना जारी गर्दै नगरपालिकाले तीन पांग्रे सवारी साधन सञ्चालन गर्ने व्यक्ति, फर्म, कम्पनी वा सवारी साधन विक्री वितरण गर्ने एजेन्टलाई ३५ दिन भित्र दर्ताका लागि निवेदन पेश गर्न भनेको छ ।
नगरपालिकाको तीन पांग्रे सवारी साधन व्यवस्थापन कार्यविधी २०८१ को दफा ९ को उपदफा ३ बमोजिम दर्ता गर्न भनिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताउनुभयो।
तीन पाग्रे सवारी साधन दर्ता प्रक्रियामा आइसकेपछि नगरपालिकाले उनीहरुले कुन रुटमा सञ्चालन गर्ने भनेर रुपप्रमिट दिने उहाँले बताउनुभयो ।
सवारी साधन बिक्री बितरण गर्ने गर्ने एजेण्डले खरिद गरेका र भन्सार तिरी ल्याएको रसिद वा सवारी चालक अनुमतिपत्र र ब्लु बुक, नेपाली नागरिकताको प्रतिलिपी सहितका कागजातहरु समेत संलग्न गरी दर्ता गर्न भनिएको छ।तीन पाग्रे सवारी साधन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहहरुलाई दिइएको छ।
तीन पाग्रे सवारी साधन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहहरुलाई दिइएको छ। नेपालको संविधान २०७२ को अनुसूची ९ को साझा अधिकार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ४ को (ट) र १०२ को उपनियम२ , सुदूरपश्चिम प्रदेश सरकारको सवारी साधन तथा यातायत व्यवस्था (दोस्रो संसोधन) नियमावली २०८१ बमोजिम नगरपालिकाले तीन पाग्रे सवारी साधन व्यवस्थापन कार्यविधी समेत जारी गरेको थियो ।
