बैतडी-बैतडीको पाटन नगरपालिका वडा न -७ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालय किम्तोलीको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पाटन नगरपालिका वडा ७ का वडा अध्यक्ष ललित बहादुर चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।
उक्त समारोहमा शिक्षक अभिभावक संघका अध्यक्ष हरी दत्त भट्ट,कैलपाल स्वास्थ्य चौकीका प्रमुख नरेश बहादुर चन्द विशिष्ट अतिथी रहनु भएको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्वोधन गदै नगर उपप्रमुखले कमल सिंह बोहराले आफ्ना नानिबाबुहरु नियमित विद्यालयमा गए नगएको र शिक्षकले नियमित पढाएको नपढाएको हेर्नू सवै अभिभावकहरुको दायित्व हो ,त्यसैले आ आफ्नो ठाँउवाट सवैले सहयोग गर्नु पर्ने बताउनुभएको थियो।
अहिले वालवालीका कुलतमा परिरहेकाले सवैले आ आफ्ना नानी वावुहरु कता छन के गरीरहेका छन भन्ने सबै अभिभावकहरुले ख्याल गर्न जरुरी रहेको समेत नगरउप प्रमुख वोहराले आग्रह गर्नुभयो ।दुई करोड १५ लाख १५ हजार बराबरको विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रध्यानापक राजेन्द्र बहादुर चन्दले प्रस्तुत गरेका थिए ।
विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाता, अभिभावक, शिक्षकलाई सम्मान, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत साथै विद्यालयका विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्धितिय, तृतिय र सान्तवना स्थान हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
यसै गरि ३ जना भु.पु विद्यार्थी र २ जना विद्यालयका उत्कृष्ट शिक्षक टेक बहादुर चन्द र पुष्प राज पन्त लाई दोसला ओढाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ । विद्यालयमा रहेका ३ अक्षयकोष रहेकोमा प्राप्त व्याजबाट विद्यालयमा अध्यष्यनरत ५९ जना जेहेन्दार तथा विपन्न विद्याथीीहरु छनोट गरि नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ।
यस्तै, विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार प्रदान गरेको छ ।कार्यक्रममा शिक्षक लोकेन्द्र बहादुर चन्दले स्वागत स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन शिक्षक नरेश भट्टले गर्नुभएको थियो ।छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, वाल क्लव लगायत अन्य विभिन्न संघ संस्थाका व्यक्तित्व, वर्तमान तथा भू.पू विद्यार्थी, अभिभावकहरुको उल्लेख्य उपस्थित रहेको थियो ।