बैतडी-मेलौलीमा नगरस्तरीय आधारभुत तह (६–८) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।मेलौली नगरपालिकाको आर्थिक सहयोग र धर्मघर माद्यमिक विद्यालय मेलौली नगरपालिका २ सलेनाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
पालिका भरीका आधारभुत तह (६–८) सम्म २१ विद्यालय रहेकोमा १४ विद्यालयको सहभागीता रहेको थियो ।प्रत्येक विद्यालयबाट एकजना छात्र र एकजना छात्रा सहभागी रहेको प्रधानाध्यापक लोक राज जोशीले बताउनुभयो।
प्रतियोगितामा छात्रा तर्फ जगदम्बा माध्यमिक विद्यालय हतरगां प्रथम, दुर्गा माध्यमिक विद्यालय खलिगाड द्धितिय, धर्मघर मा.वि सललेना तृत्तीय र मणिलेक मावि काडा र शीतलपुर माविले सान्त्वाना स्थान प्राप्त गरेको जनाईएको छ।
यस्तै छात्रपतर्फ दुर्गा माध्यमिक विद्यालय खलिगाड प्र,थम,विजयपुर मावि तितावै द्धितिय,जगदम्बा मावि हतरगां तृतिय र विशालपुर मावि विशालपुरले सान्तन्वना स्थान प्राप्त गरेो छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १ हजार २ सय पाँच सहित प्रमाणपत्र, द्धितिय हुनेलाई १ हजार ५ रुपैया सहित प्रमाणपत्र, तृतीय हुनेलाई ७ सय पाँच रुपैंया सहित प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई ५ सय ५ सहित प्रमाणपत्र प्रदान गरिएको छ।
विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुग्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।धर्मघर माध्यमिक विद्यालयका सलेनाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरी भट्टको अध्यक्षता भएको कार्यक्रममा माननिय सुदुरपश्चिम प्रदेश सभा सदस्य शिवराज भट्टको प्रमुख आतिथ्यमा रहको थियो ।
यस्तै विशिष्ट अतिथीमा मेलौली नगरपालिका वडा न -२ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट,वडा न -३ का वडा अध्यक्ष गगन सिह भाट, कार्यपालिका सदस्य धना चन्द, प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्द निवर्तमान वडा न -१ का वडा अध्यक्ष सुरत सिंह नेगी रहेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अन्य विभिन्न संघ संस्थाका व्यक्तित्व, वर्तमान तथा भू.पू विद्यार्थी, अभिभावकहरुको उल्लेख्य उपस्थित रहेको थियो ।