बैतडी-बैतडीको पाटन नगरपालिकाको वडा नं-१ मा रहेको श्री भुमीराज आधारभुत बिद्यालय बाटुलासौंको ६५ औँ वार्षिकोत्सब शनिबार एक समारोहका बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सिद्धेश्वर माद्यमिक विद्यालय पाटन नगरपालिकाका १ मेल्चौराका विव्यस अध्यक्ष हिकमत सिंह रावल रहनु भएको थियो ।
कार्यक्रममा निवर्तमान विव्यस अध्यक्ष प्रताप राम विक,कविता चन्द, गणेश बहादुर चन्द ,कविता चन्द,पदम बहादुर चन्द,समाजसेवी शेर बहादुर,शिक्षक अभिभावक संघका पदाधिकारी,राजनीतिक दलका प्रतिनिधि, पुर्व विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक पदम बहादुर चन्दले प्रस्तुत गरेका थिए ।