सरस्वती मावि पाटन-१ बयल्चौरामा खुल्ला पुरुष भलिबल प्रतियोगिता

बैतडी-महाशिवरात्री २०८१ को अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

जिल्लाको पाटन नगरपालिका-१ मा पर्ने सरस्वती मावि बयल्चौरमा खुल्ला पुरुष भलिबल प्रतियोगीता बुधबार बाट सुरु भएको प्रधानाध्यापक करविर भट्टराईले बताउनुभयो ।

सरस्वती माद्यमिक बिद्यालयको आयोजनामा विद्यालयको खेलमैदानमा उद्घाटन भएको खेलमा आठ टिम सहभागी रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चन्दको अध्यक्षतामा सुरुवात भएको प्रतियोगितामा वडा अध्यक्ष तर्कसिह ठगुन्ना प्रमुख अतिथि रहेको थिए ।

यस बिद्यालयमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दले बताउनुभयो । प्रतियोगितामा प्रथम पुरुस्कार १५ हजार र द्धितिय पुरुस्कार १० हजार र प्रमाणपत्र राखिएको छ ।

Leave A Reply

Your email address will not be published.