बाजुरामा बाख्रा खोरमा बाघको आक्रमण, ४५ बाख्रा मरे

बाजुरा-बाजुरामा बाघले बाख्रा खोरमा आक्रमण गर्दा ४५ वटा बाख्रा मरेका छन्।

जिल्लाको हिमाली गाउँपालिका–५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परी मरेका हुन्। बिहीवार बिहान २ बजेको समयमा बुढथापाको घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ४५ वटा बाख्रामध्ये केही साना पाठा बाघले खाएको छ भने अरु सबै खोरमा मरेको अवस्थामा भेटिएका जनाइएको छ।

Leave A Reply

Your email address will not be published.