बैतडी- बैतडीको शिवनाथ गाउँपालिका वडा नं-६ ले वडा भित्रका विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।
समस्यामा परेका वडा भित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई व्यक्तिलाई नगद वितरण गरेको शिवनाथ गाउँपािलका वडा नं -६का वडा अध्यक्ष भरत राम पार्कीले बताउनुभयो ।
अति विपन्नलाई छनौट गरी ५० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच नगद वितरण गरिएको वडा सचिव राज बहादुर चन्द बताउनुभयो ।
असहज परिस्थितिमा जीवन बिताइरहेका बिपन्न नागरिकले आर्थिक सहयोग पाउँदा खुशी लागेको बताएका छन ।