पहिरोका कारण दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

दार्चुला- पहिरोका कारण दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ।

जिल्लाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा लेदोसहितको पहिलो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको हो। उक्त सडक खण्डमा माथिबाट आएको पहिरोका कारण यातायात सेवा समेत ठप्प बनेको प्रहरीले बताएको छ।

सडक अवरुद्ध हुँदा तराईबाट जिल्लाको सदरमुकाम आउँदै गरेका तथा जिल्लाबाट बाहिरिने सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्। जसका कारण स्थानीयवासी तथा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भईरहेको छ।

Leave A Reply

Your email address will not be published.