उत्तराखण्डमा हिमपहिरोमा फसे मजदूर, खोजी कार्य जारी

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा ठूलो हिमपहिरो गएको छ। उक्त हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना मजदूर फसेका थिए। हालसम्म १६ जना मजदूरको उद्धार गरी अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ, भने अझै ४१ जना मजदूर फसेका छन्।

हिमपहिरो आज दिउँसो बद्रीनाथ धामको नजिक मानामा गएको हो। उद्धार कार्यका लागि भारतीय सेना, आईटीबीपी, एनडीआरएफ, एसडीआरएफको टोली घटनास्थलमा परिचालन गरिएको छ। तर, वर्षा र हिमपात भइरहेकाले हेलिकप्टर सेवा प्रयोग गर्न नसकिएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

पछिल्लो तीन दिनदेखि बद्रीनाथ धाम, हेमकुण्ड साहिब, भ्याली अफ फ्लावर्स, रुद्रनाथ, लाल माटी, नन्द घुङ्टी, औली, गोरसोन लगायत निती र मना उपत्यकामा हिमपात भइरहेको छ। हिमपातका कारण उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ, जसले स्थानीय जनजीवन प्रभावित भएको छ।

Leave A Reply

Your email address will not be published.