डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या

नगरपालिकामा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती भएको छ ।

बैतडी-बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ ।

तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो ।जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताउनुभयो।नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ ।

जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय पुष्कर भट्टले बताउनुभयो। उनले भने, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ ।सहजरूपमा हिँडडुल गर्न समस्या छ ।दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने अर्कोतिर श्वास फेर्न गाह्रो भइरहेको छ ।”

नगरपालिकाको फोहर पनि सडक किनारमै फालिने गरेको गुनासो समेत रहेको छ ।फोहरले नाली र होमपाइप जाम भएका छन् ।सिसाका बोतल, प्लाष्टिक लगायतका फोहर जथाभावी फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय सुनिता दयालले बताउनुभयो ।उनले भने, “फोहरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ । सिसा, प्लाष्टिक, कार्टुन लगायतका फोहरले घाँज काट्न समस्या हुने गरेको छ ।बालबालिकालाई पनि हिँडडुल गर्न समस्या छ।”
जथाभावी फालिएको फोहरले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले जनाएका छन्।नगरपालिकासँग फोहर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै पहल नभएको स्थानीयको आरोप छ ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको व्यवसायी मोहन सिंह नेगीले बताउनुभयो ।उनले भने, बजार क्षेत्रमा जथाभावी फालिने फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक गुहारिसक्यौँ तर कुनै चासो दिएको छैन ।”

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भने पनि डम्पिङसाइट नहुँदा समस्या भएको मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो । उनले भने, अव्यवस्थित फोहर व्यवस्थापनका लागि डम्पिङ साइटका लागि ठाउँ खोजिरहेका छौँ ।उपयुक्त स्थानको अभाव भएकाले फोहर व्यवस्थापन गर्न नसकेको स्वीकार गरे।

नगरपालिकाले जनप्रतिनिधि आएकै बर्षदेखि डम्पिङ साइड निर्माणका लागि पहल गरेको भएपनि ठाउँकै अभावमा बनाउन नसकिएको नगरप्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।डम्पिङ साइटकोे टुङ्गो लागेपछि जतिसक्दो चाँडो फोहर व्यवस्थापन गर्छौँ।”

चालु आर्थिक बर्षमा पनि नगर बजार तथा सार्वजनिक स्थानको फाहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले १ लाख बजेट विनियोजन गरेको छ ।कुन चाहिँ उपयुक्त हुन्छ भन्नेबारे अझै नगरपालिकाले निर्णय लिन सकेको छैन।

Leave A Reply

Your email address will not be published.