अन्तरपालिका भलिबल: साविक विजेता मेलौलीको सुखद सुरूआत

बैतडी-बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामासाविक विजेता मेलौली नगरपालिकाले विजयी सुरूआत गरेको छ।

शाहिलेकस्थित विरेन्द्र माविको खेलमैदानमा भएको खेलमा मेलौलीले सिगास गाउँपालिकालाई ३(१ सेटमा हरायो।

पहिलो सेट मेलौलीले २५-२१ को अंकमा जित्यो ।दोस्रो सेट सिगासले २६-२४ ले आफ्नो पक्षमा पार्यो ।त्यसपछि मेलौलीले तेस्रो सेट २५-२१ र चौथो सेट २५-२२ को अंकमा जित्दै खेल आफ्नो पक्षमा पार्यो।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको छ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।

यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.