बैतडी : सरस्वती मावि बयल्चौरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगीताको उपाधी आयोजक सरस्वती माविले हात पारेको छ।
महाशिवरात्री २०८१ को अवसरमा पाटन नगरपालिका वडा न १ स्थित सरस्वती माविको खेलमैदानमा बुधबार देखी भएको सुरु भएको थियो। फाइनलमा सिद्धदेव निर्माण सेवा दनपा ७ लाई पराजित आयोजक सरस्वती माविले उपाधि जितेको हो।
खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेसँगै आयोजकले नगद १५ हजार रुपैयाँ सहित प्रमाण पत्र पाएको छ। उपविजेता सिद्धदेव निर्माण सेवा दनपा ७ ले नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र जितेको खेल संयोजक किरण दयालले जानकारी दिनुभयो।
प्रतियोगितामा विभिन्न ठाउँका १० वटा टिमहरुको सहभागिता थियो। पागुन १४ बुधबार देखि आईतबार सम्म खेलहरु सञ्चालन भएका थिए।
नयाँ बिद्यालय सरस्वती माविको खेलमैदानमा उद्घाटन भएको खेलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चन्दको अध्यक्षतामा तथा वडा अध्यक्ष तर्कसिह ठगुन्ना प्रमुख अतिथि रहेको थिए।