बैतडीमा जारी अन्तरपालिका भलिबल: मेलौली उपाधी नजिक

साविक विजेता मैलाली नगरपालिकाको टिम बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न सेमिफाइनलमा सुर्नया गाउँपालिकालाई ३-१ को सेटमा हराउदै मेलौली फाइनलमा सुरक्षित भयो।

पहिलो सेट मेलौलीले २५-१८ ले जितेकोमा दोस्रो सेट सुर्नयाले २५-२१ ले हात पार्यो। त्यसपछि तेस्रो सेट मेलौलीले २५(२३ र चौथो २५(१५ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो।

मैलौलीले उपाधिका लागि साविक उपविजेता दशरथचन्दसंग भिड्नेछ। गत वर्ष पनि यी दुबै टोली फाइनलमा भिडेका थिए।

दशरथचन्दलाई हराउदै मेलौली च्याम्पियन भएको थियो। प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।

यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ। मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको थियो।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो।

उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.