बैतडी-पाटन नगरपालिका वडा नम्बर-१ मा रहेको कालिका आधारभुत विद्यालयको ३५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मंगलबार विद्यालय परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टराईको अध्यक्षता ,पाटन नगपालिकाका नगर प्रमुख गौरी सिंह रावलको प्रमुख आतिथ्यता तथा वडा न-१ का अध्यक्ष तर्क सिंह ठगुन्नाको विशिष्ट आतिथ्यतामा रहेको थियो ।
यस्तै नेपाली काग्रेस जल्ला कार्य समिति बैतडीका कोषध्यक्ष चक्र बहादुर चन्द,निवर्तमान वडा अध्यक्ष गणेश दत्त भट्टराई सिद्धेश्वर मावि मेल्चौरा प्र.अ दिपेन्द्र सिंह चाडको आतिथ्यतामा सम्पन्न भएको हो।
सो अवसरमा बोल्दैै नगर प्रमुख रावलले शिक्षक,विद्यार्थी र अभिभावकहरुको त्रिकोणात्मक सम्बन्ध सुमधुर भएमात्र शिक्षामा अपेक्षित सुधार हाँसिल गर्न सकिने बताउनुभएको छ।त्यस्तै उहाँले विद्यार्थीहरुलाई विद्यालयमा किताबी ज्ञान सँगसँगै सिर्जनशील,व्यावहारिक र संस्कारी कुराहरु सिकाउनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रमको विशिष्ट अतिथि समेत रहनु भएका वडा अध्यक्ष तर्क सिंह ठगुन्नाल सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर खस्कीदोको अवस्थामा रहेको र हरेक कमजोरी औंल्याउदै समाधानको पक्षमा अघि बढनका लागी गत आर्थिक बर्ष देखी वडा स्तरीय परिक्षा संचालन गरिरहेकोे बताउनुभयो ।
गुणस्तरीय शिक्षा प्रदानका लागी सबै अभिभावहरुले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने अध्यक्ष ठगुन्नाले बताउनुभयो ।विद्यालय व्यवस्थापक समितिका अध्यक्ष खेम राज भट्टराईले विद्यालयको समग्र विकासका लागि समाजका सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष ओम प्रकाश भट्टराईले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।त्यस्तै कार्यक्रममा अर्की अतिथि सिद्धेश्वर माविका प्र.अ दिपेन्द्र चाडले अभिभावकहरु आफ्ना छोराछोरीले अध्ययन गर्ने विद्यालयहरुमा नियमित रुपमा गई रहनुपर्ने बताउनुभयो ।
कार्यक्रमको अवसरमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक, र कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। यस्तै, विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मदन राज भट्टराईले विद्यालयको वार्षिक शैक्षिक प्रगति आर्थिक र प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक,विद्यार्थी ,विभिन्न प्रधानाध्यापक लगायत विभिन्न शिक्षासेवी, समाजसेवी तथा अभिभभावक लगायत सहभागी थिए ।