शिवनाथको श्रीपुर स्वास्थ्य सेवा केन्द्रमा विश्वका सबै ठाउँबाट स्वास्थ्य परामर्श लिन सकिने

बैतडी-बैतडीको शिवनाथ गाउँपालिका-३ को श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट गाउँपालिकाका जनता एवम् अन्यले पनि विश्वका जुनसुकै ठाउँबाट रोग सम्बन्धिको परामर्श सेवालिन पाउने छन्।

यो सेवा लिनको लागि स्वास्थ्य सस्थाले एक निशुल्क फोन नम्बर १८१०५०००१३८ सार्वजनिक गरेको छ ।सो नम्बरमा फोन गरेर सेवाग्राहीले स्वास्थ्य सम्बन्धि विभिन्न परामर्श लिन पाउने छन् । परामर्श लिन चाहाने सेवाग्राहिलाई विशेषज्ञ चिकित्सकीय परामर्श दिइने श्रीपुर स्वास्थ्य चौकी प्रमुख मोहन कलौनीले बताउनुभयो ।

यस्तै स्वास्थ्यकेन्द्रको सिस्टममा दर्ता भएका महिला सेवाग्राहिले नेपाली तथा भारतका जुनसुकै नम्बर मार्फत हेलो सिस्टर निशुल्क हटलाइन १८१०५०००१३८ बाट चौविसै घन्टा स्वास्थ्य सेवा लिन सकिने प्रमुख कलौनीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.