बैतडी-शिक्षा क्याम्पस शाहिलेकमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व निर्विरोध चयन भएको छ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको सिंगो प्यानल नै निर्विरोध चयन भएको हो ।
शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्दको नेतृत्वमा प्यानलसहित निविरोध चयन भएका छन् ।उपसभापति जनक नाथ, सचिवमा धिरज जोशी, सहसचिवमा सन्तोष बोकटी कोषाध्यक्षमा ममता टेलर, सदस्यमा पुनम पन्त, चाँदनी वड हेमन्ती चन्दर मेघा बराल रहेका छन् ।आधिकारीक रुपमा घोषणा हुन बाँकी रहेको छ ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि आज ११ बजेदेखी २ बजे सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । उक्त समयमा अरु विद्यार्थी संगठनबाट मनोनयन दर्ता नभएको बताइएको छ ।