बैतडी-नवप्रभात सयुक्त क्याम्पस कुलाउ बैतडीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ । क्याम्पसको अध्यक्षमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी सपना चन्द सर्वसम्वत चयन भएकी हुन् ।
सचिवमा नेपाल विद्यार्थी संघकी अस्मिता जोशी, कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी लक्ष्मी चन्द रहेकी निर्वाचन अधिकृत चन्द्र मोहन कलौनीले जानकारी दिनुभयो ।
सदस्यमा अनेरास्ववियुकी बल्ली जोशी,इश्वरी भट्ट, मुना साउँद, नेविसंघकी सुनिता चन्द, दिपा घटाल र अनेरास्ववियु क्रान्तिकारीकी यलिसा चन्द रहेकी छिन् ।
समानुपातिक तर्फ सदस्य अनेरास्ववियुकी रमना चन्द, दिपा साउँद नेविसंघकी प्रियंका मंगोला, गिता सार्की र अनेरास्ववियु क्रान्तिकारीकी मनिसा साउँद रहेका छन् ।
अन्तिम नजिता फागुन २९ गते प्रकाशित गरिने छ । सोही दिन उपाध्यक्ष, सहसचिव, पदको टुङ्गो समानुपातिकबाट छनोट गरिने निर्वाचन अधिकृत कलौनीले जानकारी दिनुभयो ।