मर्यादित तरिकाले होली मनाउन जिल्ला प्रशासन कार्यालय बैतडीको आग्रह

बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको हो ।

प्रशासनले होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न सबैलाई आग्रह गरिएको र त्यस्तो गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

प्रशासनले बुधबार एक सूचना जारी गर्दै इच्छाविपरित जथाभावी रङ लगाउने, हानिकारक वस्तु दल्ने कार्य नगर्न आग्रह गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिलाई अभद्र व्यवहार गर्ने, नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा होहल्ला नगर्न प्रशासनको आग्रह छ ।

कोही कसैले कानुनको बर्खिलाप हुने क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम सजाय हुने सूचनामा उल्लेख छ । पहाडमा फागुन २९ गते र तराईमा चैत १ गते होली पर्व मनाइँदै छ ।

Leave A Reply

Your email address will not be published.