नेपाल शिक्षक संघ बैतडीको जिल्ला प्रतिनिधिसभा भोली शिवनाथमा हुने

बैतडी : नेपाल शिक्षक संघ बैतडीको २२ औ जिल्ला प्रतिनिधिसभा शनिवार हुने भएको छ।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व परराष्ट्र मन्त्री एनपी साउँदले गर्ने भएका छन्। नेपाली काँग्रेसका केन्द्रिय सदस्य गाविन्द बहादुर शाह, नेपाली काग्रेस जिल्ला कार्य समिति बैतडीका सभापति चतुर बहादुर चन्द विशिष्ट अतिथिको रुपमा आउने शिक्षक संघ बैतडीका जिल्ला कार्य समितिका सचिव नारायण जोशीले जानकारी दिएका छन।

जिल्ला प्रतिनिधि सभामा उपस्थितिका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई आग्रह गरेका छन्। शिवनाथ गाउँपालिका सुल्लेखानमा कार्यक्रमको आयोजना गरिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.