नेपाल रेडक्रस सोसाइटी मेलौली उपशाखाको सभापतिमा दशरथ सिंह नायक

बैतडी-नेपाल रेडक्रस सोसाइटी मेलौली उपशाखाको सभापतिमा दशरथ सिंह नायक सर्वसम्मत चयन हुनु भएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले दशरथ सिंह नायकको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।

समितिको उपसभापतिमा हरु भट्ट, सचिवमा गणेश दत्त भट्ट, कोषाध्यक्ष हिकमत सिंह नायक, उपसहसचिवमा जष्वीर राम लुहार र उपकोषाध्यक्षमा चुडामणी ओझा चयन हुनु भएको छ ।

साथै सदस्यहरुमा शुक्र बहादुर चन्द, ईन्द्र देव भट्ट, विष्ना महर विष्ट, जयराज भट्ट दिपक सिंह नायक रहेका छन् ।नेपाल रेडक्रस सोसाइटी मेलौलीा उपशाखाको सभापती पदमा निर्वाचित भएपछि बोल्दै नायकले निर्वाचित गराउनुहुने सम्पुर्ण सभासदहरुलाइ धन्यवाद ब्यक्त गर्नुभयो ।उहाँले आफ्नो कार्यकालमा रेडक्रसको सिद्धान्तमा बिचलित नभई मानवीय कार्य गर्ने प्रतिवद्धता दिनुभयो ।

अधिवेशनमा नेपाल रेडक्रस सासाईटी बैतडीका मन्त्री रमेश सिंह भण्डारी प्रमुख अतिथी रहनुभएको थियो ।कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मेलौली शाखाका सुरत पार्कीको अध्यक्षतामा भएको कार्यक्रम सचिव पदम नेगीले सञ्चालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.