गायक दिपक चुनाराको नयाँ गित “कसि छै पियारी” सार्वजनीक

बैतडीको पुर्चौडी घर भएका लोक तथा देउडा गायक दिपक चुनाराको आवाजमा नयाँ देउडा गित सार्वजनीक भएको छ। गायक चुनाराकै लय, शब्द र संगितमा देउडा गित “कसि छै पियारी” सार्वजनीक भएको छ।

गितमा गायक चुनारालाई चर्चित लोक देउडा गायिका गौरी भट्टले स्वरमा साथ दिनुभएको छ। सुमधुर डिजिटल रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गित गायक चुनाराकै अफिसियल युटूवच्यानलबाट भिडियोसहित सार्वजनीक गरिएको छ।

गायक चुनाराकै निर्देशन र कथामा भिडियो तयार पारिएको छ। भिडियोमा रोशन तामाङ, सुमित्रा राई, प्रकास तिवारी, सुशिल तिवारी, मिलन मगर, रमेश मगर र राजु दलजितले सुन्दर अभिनय गरेका छन।

माया-प्रेमको बिषयमा तयार पारिएको गित सुनेर सल्लाह सुझाव दिन गायक चुनाराले आग्रह गरेका छन। करिव दर्जनबढी गित बजारमा ल्याईसकेका गायक चुनाराले बिगतका गितहरुजस्तै मायाको अपेक्षा गर्नुभएको छ।

भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोस्।

Leave A Reply

Your email address will not be published.