बैतडीको पाटन–०१ मा वडास्तरिय परिक्षाको तयारी पुरा

बैतडीः पाटन नगरपालिका–१ मा वडास्तरिय वार्षिक परिक्षाको तयारी पुरा भएको छ।

विगतका वर्षजस्तै यो वर्षपनि वडास्तरीय वार्षिक परिक्षा चैत्र १० गतेबाट सञ्चालन हुने वडाध्यक्ष तर्कसिह ठगुन्नाले बताउनुभयो। कक्षा ८ को पालिकास्तरीय परिक्षा पनि चैत्र १० गतेबाट हुने जनाईएको छ।

परिक्षाको लागि वडाबाटै प्रश्न-प्रत्र र उत्तरपुस्तीका तयार गरिएको वडाध्यक्ष ठगुन्नाले बताउनुभयो। ७ ओटा सामुदायिक विद्यालय रहेको वडामा केन्द्रध्यक्ष समेत वडाले नै तोक्ने जनाईएको छ।

उतरपुस्तिका जाच्नको लागि अन्तर विद्यालयका प्रधानाध्यापक र शिक्षक एवं बिषय विज्ञ खटाईने छ। गतवर्ष जस्तै परिक्षामा वडाले उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरुस्कार तथा सम्मान समेत गर्ने वडाध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.