शिक्षा ऐन जारी गर्नुपर्छ:पूर्वमन्त्री साउद

बैतडी-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउदले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताउनुभएको छ। शनिबार बैतडीको शिवनाथमा नेपाल शिक्षक संघ बैतडीको २२ औं जिल्ला प्रतिनिधि सभामा बोल्दै साउदले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिदै यसमा आफूले सहयोग गर्ने बताउनुभयो ।

शिक्षकहरुका हकहितका बिषयमा आफूले संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रीय सदस्य साउदले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ” शिक्षा ऐन जारी गर्नुपर्छ। शिक्षकहरुका जायज माग सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउँछु । संसदमा पनि कुरा उठाउँछु । शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ ।”

अहिलको राजनीति धुव्रीकरण तर्फ गइरहेकाले यो बिषयमा कांग्रेस गम्भीर बन्नुपर्नेमा उनले जोड दिनुभयो । नेपाली कांग्रेस समेत सरकारमा सहभागी भएकाले नागरिक समस्या समाधानतर्फ मन्त्रीहरुले केन्द्रित हुनुपर्ने साउदले बताउनुभयो ।

प्रतिनिधि सभामा केन्द्रीय सदस्य साउदका साथै केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्व राज्यमन्त्री नरबहादुर चन्द लगायत कांग्रेसका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.