सिद्धेस्वर माविमा वार्षिक परिक्षा आजदेखि सुरु

बैतडी-बैतडीको पाटन नगरपालिका वडा नं ९, हुक्केडाँडामा रहेको श्री सिद्धेश्वर माध्यमिक बिद्यालयले शैक्षिकसत्र २०८१ को बिद्यालय स्तरीय कक्षा ४-७ र ९ को वार्षिक परीक्षा आजबाट संचालन गरेको छ ।

पाटन नगरपालिकाको शैक्षिकसत्र २०८१ को वार्षिक शैक्षिक कार्य पात्रो अनुसार वार्षिक परीक्षा पालिका भरिमा चैत पहिलो साता देखि संचालन गर्न पर्ने पालिकाको शैक्षिक कार्य पात्रो अनुसार बिद्यालयले आफ्नो शैक्षिक क्यालेन्डर निर्माण गरेको र सोही अनुसार परीक्षा संचालन गरिएको परीक्षा समिती संयोजक प्रकाश सिंह महराले बताउनुभयो ।

दशै तिहारको बिचमा पनि बिद्यालय संचालन गरेको र कक्षा ४(१० सम्म तोकिएको वार्षिक कार्यघण्टा अनुसार पठन पाठन गराइ सकेको हुँदा चैतको ३ गते बाट परीक्षा संचालन गर्ने कार्य योजना राखिएको थियो तर हिजो ३ गतेका दिन पालिका बाट शोक बिदा गर्ने परिपत्र अनुसार शोक बिदा गरिएको र आज बाट नियमित परीक्षा संचालन भइरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.