नेपाल प्रहरीको ३१औं महानिरीक्षक ९आईजीपी० मा दीपक थापा नियुक्त हुनुभएको छ।
हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० थापालाई नियुक्त गर्ने निर्णय गरेको हो। एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी० को प्रमुख हुनुहुन्थ्यो।
यसअघिका महानिरीक्षक वसन्त कुँवरले हिजो अवकाश पाएपछि थापालाई नयाँ महानिरीक्षक नियुक्त गरिएको हो। ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका कुँवरलाई हिजो नै गृह मन्त्रालयले बिदाइ गरेको छ।
नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका गर्नुभएको थियो। उहाँ २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ मा एसएसपी, २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा एआईजी बन्नुभएको थियो।
नयाँ आईजीपीका थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ पनि प्रतिष्पर्धामा हुनुहुन्थ्यो। नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल आउँदो भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ।