स्ववियु निर्वाचन: शिवनाथको ग्राम प्रकाश क्याम्पसमा नेविसंघको प्यानल विजयी

बैतडी । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत बैतडीको शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ।

नेविसंघबाट सभापति उम्मेदवार बनेका कविता साउँद नेतृत्वको पूरै प्यानल विजयी भएको ग्राम प्रकाश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत मदनसिंह साउँदले जानकारी दिनुभयो।

सभापतिमा विजयी कविताले ३७ मत प्राप्त गर्दा अनेरास्ववियूबाट सभापतिका उम्म्ेदवार बनेका सरिता साउँदले २८ मत प्राप्त गर्नभयो।

यस्तै नेविसंघबाटै सचिवमा विजयी अस्मिता महरले ३५ मत प्राप्त गर्नुभयो। अनेरास्ववियुका सचिवका उम्मेदवार विरेन्द्र साउँदले ३० मत ल्याउनुभयो।

कोषाध्यक्षमा पनि नेविसंघकै रतना साउँद ३५ मत ल्याएर विजयी हुनुभयो। अनेरास्ववियुका कोषाध्यक्षका उम्मेदवार कल्पना पार्कीले ३० मत पाउनुभयो। यस्तै सदस्यहरुमा पनि नेविसंघकै बाटिका साउँदले ३५,हिमा कलौनीले ३६, रुमला साउँदले ३८ मत प्राप्त परेर विजयी हासिल गर्नुभएको छ।

यसैबीच समानुपातिकतर्फ नेविसंघ ३३ मत ल्याउँदा अनेरास्ववियु २२ मत प्राप्त गर्यो। यस क्याम्पसमा अन्य विद्यार्थी संगठनले उम्मेदवारी दर्ता नै गराएका थिएनन्।

९५ जना मतदाता विद्यार्थी रहेको यस क्याम्पसमा ६६ मत खसेकोमा १ मत बदर भएको थियो।

Leave A Reply

Your email address will not be published.