बैतडीको पञ्चेश्वर गाउँपालिका-६ मा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका वडा नम्बर ६ मा पर्ने बिजुल गाउँमा गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीको सयुक्त आयोजनामा शिविर गरिएको हो।
पिपिआर रोगले एकै गाउँका ५७ बाख्रा मरेपछि परामर्ष तथा औषधि उपचारसहित शिविर आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका पशु विकास शाखा प्रमुख गामु पुनले बताइन्। गत शनिबार गाउँपालिकाको पशु प्राविधिक टिमले बाख्राको स्वाव संकलन गरेर प्रयोगशाला धनगढीमा पठाएको थियो। त्यहाँ परिक्षण नभएपछि काठमाण्डौ परिक्षण गदाँ पिपिआर रोग फैलिएको पुष्टी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख गुमानी पन्तले बताए। मंगलबार शिविरसंगै घरदैलोमै पुगेको रोगलागेका र मुत्यु भएका बाख्राको उपचारका साथै तथ्याङक संकलन गरिएको गाउँपालिकाले जनाएको छ।
बिजुल गाउँमा २ सय ७७ बाख्रामा रोगका लक्ष्ण देखिएका छन भने ५७ को मुत्यु भएको पशु प्राविधिक दिपक बोहराले बताए । उनले भने, “हामीले घर-घरमै पुगेर उपचारसंगै तथ्याक पनि संकलन गरेका छौँ, दुई सय ७७ बाख्रामा पिपिआरका लक्ष्ण छन भने ५७ बाख्रा मरेका छन्।,”
बिजुल गाउँको बिचमा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षता सम्पन्न शिविरमा गाउँपालिका उपाध्यक्ष विना भट्ट र भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख गुमानी पन्त, वडा अध्यक्ष राम सिंह पुजारा अतिथि रहेका थिए।
कार्यक्रममा कृषकहरुलाई सुझाव दिदै विज्ञ केन्दका प्रमुख पन्तले पिपिआर खोप अरु ठाउँमा फैलिनबाट जोगाउन कृषकहरुले बाख्रा वन चराउन केही समय छोड्नु पर्ने बताए। उनले केही समय आगडी पिपिआर खोप लगाउदैन भन्ने कृषकका कारण सबै कृषकले यो अवस्था भोग्नु परेको बताए।
उनले भारत लगायतका बाहिरबाट ल्याउने बोका बाख्राहरुलाई केही समयपछि मात्र आफ्नो बाख्राहरुसंगै राख्नु पर्ने बताए। भारतको बनबासाबाट मन्दिरमा चढाउन ल्याएको बोकाबाट गाउँमा रोग फैलिएको देखिएको उनले बताए।
वडा अध्यक्ष पुजाराले रोग लागेको बिषय समयमै वडा कार्यालय वा प्राविधिकलाई जानकारी गराउनु पर्नेमा जोड दिए। उनले भिडियो बनाएर रोगको निराकरण नहुने भएकाले पशु प्राविधिकलाई जानकारी गराउने गर्नु पर्ने बताए।
गाउँपालिका उपाध्यक्ष बिना भट्टले गाउँपालिको बजेटले सक्ने राहतको व्यवस्था गर्न छलफल गरिने बताइन्। उनले गाउँपलिकाले प्राविधिक सहितको विज्ञ टिम गाउँमा ल्याएकाले कृषकले यसको लाभ लिनु पर्ने बताइन्।
गाउँपालिका अध्यक्ष चन्दले आफुले रोग फैलिएको बिषय जानकारी पाएको भोली पल्ट नै गाउँपालिका पशु प्राविधिको टिम आएर स्वाव संकलन गरेर परिक्षणाका लागि पठाएको बताए। “रोग के हो भनेर काठमाण्डौको प्रयोगशालाबाट पत्ता लगाएको छौ अब पशु प्राविधिकको सल्लाह अनुसार गर्नु गर्नु होला । बाख्रा परेकालाई गाउँपालिकाले सक्ने सहयोग गछौ। खोप ल्याउदैन भन्नु भएन् खोप नलगाएर यो क्षती भएको देखिदै छ।’
५७ बाख्रा कस्ता मरे ?
गत बर्ष पुषमा पिपिआर विरुद्धको खोप बिजुल गाउँमा लगाएको थियो। बच्चा पाउने तथा त्यो समयमा बिरामी भएको बाख्रालाई खोप दिइएन्। त्यो बाख्रा मरेको छ । केहीले हामी खोप लगाउदैन भनेर खोप नै लगाएकोले एकै कृषक ७ बाख्रासम्म मरेका छन्। स्थानीय कृषक सरस्वती भट्टले भनिन् मेरा २८ बाख्रा छन खोप लगाएका मरेनन् खो नलाएका मरे। खोप लगाउनु अनिर्वाय रहेछ। पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायतका लक्षण देखिन्छ। यो लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको छ।
कहाँबाट आयो पिपिआर रोग?
पुष महिनामा गाउँका एक जनाले भारतको बनबासाबाट एक बोका मन्दीरमा बालीका लागि ल्याएका रहेछन्। बोका ल्याएकै दिन यहाँका बाख्रासंग राखिए दिएछ। बोका त मर्यो तर अरु बाख्रामा रोग सर्यो। त्यो गोठ जुन गोठमा बोका राखिएको थियो त्यहाँका ४ बाख्रा मरे तर उनले कसैलाई भनेन्। त्यसपछि बिस्तारै रोग फैलिएपछि थाहाँ भो कि रोग त भारत बाट आएको रहेछ।