सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो।
त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।
उक्त बैठकका निर्णयहरू बुधबार पत्रबार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
