बैतडी-जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमा महिला स्वास्थ्य स्वयमसेविकाहरु संग आयुर्वेद सम्बन्धी सचेचना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले आयोजना गरेको महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आयुर्वेद तथा जडीबुटी सम्बन्धी परिचयात्म कार्यक्रम भएको हो ।
मेलौली नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लक्षित गरेर आयुर्वेद तथा जडीबुटी सम्बन्धीे बिहीबार यहाँ आयोजित कार्यक्रममा आयुर्वेदको महत्व,निरोगिताको लागि आयुर्वेदको उपयोग, यसले मानव स्वास्थ्यमा पार्ने सकरात्मक प्रभावका बारेमा अभिमुखीकरण गरिएको आयुर्वेद चिकित्सक डाक्टर सिर्जना भण्डारीले जानकारी दिईन ।
कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य मेलौली बैतडीका प्रमुख हिकमत बहादुर चन्दले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले उत्कृष्ट काम गरेको भनेर विश्व स्वास्थ्य संगठनले समेत भनिसकेको उल्लेख गर्दै हरेक नागरिकको घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उनीहरूलाई आयुर्वेद ओैषधिको महत्व,यसको उपयोग र मानव जीवनमा यसको आवश्यकताका बारेमा सचेतना जगाउँदा हरेक नागरिकलाई निरोगी बनाउन सहयोग पुग्ने बिस्वास व्यक्त गर्नुभयो।
स्वयंसेविकाहरुलाई आयुर्वेदिक चिकित्साका बारेमा जानकारी गराउँदा जनतामा सकारात्मक सन्देश जान्छ, यसले पनि स्वास्थ्यमा राम्रो प्रभाव पार्छ, थप असर सृजना गर्दैन भन्ने कुराको जानकारी दिन प्रभावकारी काम हुन्छ। उनले भने ।
महिला स्वस्थ्य स्वयम सेविकासँग आयुर्वेदिक ओैषधिको उपचार पद्धतिलाई प्रभावकारी बनाउने बिषय बस्तुका सन्दर्भमा छलफल गरिएको सुचना अधिकारी प्रकाशचन्द्र बोहराले बताउनुभयो ।
स्वस्थ ब्यक्तिको स्वास्थ्यको रक्षाका साथै रोगी व्यक्तिको रोग निवारण गर्न आयुर्वेदिक ओैषधिको उपयोग महत्वपूर्ण रहेको भन्दै डाक्टर सृजना भण्डारीले रोग लागेर उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिनेमा जोड दिनुपर्ने बताईन् ।
उनले आयुर्वेद ओैषधालयबाट हुने सेवा प्रवाह, घर वरपर पाइने जडिबुटीको उपयोग, सुत्केरी महिलाहरुका लागि दुग्धवर्घक जडिबुटीको उपयोगका बारेमा जानकारी दिन यो कार्यक्रम महत्वपूर्ण भएको बताइन ।
स्वस्थ्य जीवनशैलीका लागि हरेक मानिसले खानपिन सुधार्न, स्वस्थ र सादगीपूर्ण सात्विक जीवनशैली अपनाउन आवश्यक हुने बताउँदै उनले स्वयमसेविका मार्फत नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको भण्डारीले बताइन।