शनिबारदेखि शुरु हुने १८ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट हुने भएको छ। कान्तिपुर मिडिया ग्रुपका अनुसार कान्तिपुर म्याक्स टेलिभिजनले आईपीएलको यस सिजनका सबै ७४ वटै खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो।
पहिलो दिन कोलकातास्थित इडेन गार्डेन रंगशालामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लुरु खेल्दै छन्। फाइनल खेल मे २५ मा इडेन गार्डेनमै हुनेछ। सन् २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ।
नेपालका खेलाडी, पूर्व खेलाडी, प्रशिक्षक र पत्रकारबाट म्याचको प्रिभ्यु र रिभ्यु पनि गरिने जनाएको छ। नेपाली टेलिभिजन इतिहासमा पहिलो पटक आईपीएल नेपाली च्यानलबाट देखाउन लागिएको हो।