बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ कनिनाका बिरेन्द्र भट्टले उपचारका लागि संकलन भएको रकम हस्तातरण गरेका छन। सोहि वडाको निङ्लाड भुजनीका नारायण चन्दकी श्रीमतीको उपचारका लागि संकलन गरिएको रकम हस्तातरण गरेका हुन।
आर्थीक अवस्था निकै कमजोर भएका चन्दकी श्रीमतीको उपचारका लागि संकलन गरिएको १ लाँख ७ हजार ७५१ रुपैयाँ नेपाली हस्तातरण गरिएको भट्टले बताउनुभयो। करिब एक सातासम्म फेसबुकबाट आर्थीक संकलन अभियान सञ्चालन गरेर रकम संकलन गरिएको थियो।
अभियानमा देशभित्र तथा देश बाहीरबाट सहयोग आएको जनाईएको छ। बुधबार चन्दलाई संकलित रकम हस्तातरण गरिएको भट्टले जानकारी दिएका छन।
संललित रकम हस्तातरण कार्यक्रममा केदार आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक खेमराज भट्ट, शिक्षक हरिदत्त भट्ट, रमेश दत्त कलौनी, बिनोद बहादुर चन्द लगायतका ब्यक्तिहरु सहभागि भएका थिए।
सहयोग गर्ने सहयोगिदाता र अभियान सञ्चालनमा सहयोग गर्ने अभियान्ताहरुलाई धन्यबाद ज्ञापन गरिएको छ।