आज विश्व मौसम विज्ञान दिवस

आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ। जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा दिवस मनाउन थालिएको हो। शरुआतमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकोमा विगत केही वर्षयता जलवायु परिवर्तन र यसले मानव सभ्यता र विश्वलाई नै पार्ने सङ्कटपूर्ण परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम गर्न थालिएको छ।

संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ।

Leave A Reply

Your email address will not be published.